Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालको बिजुली भारतमा बिक्री गर्न प्रस्ताव

काठमाडौं : नेपाल–भारत विद्युत् आदानप्रदान सहजीकरण गर्ने उद्देश्यले आज दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेसीसी) को बैठक बस्दैछ।

बुधबार सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलले तय गरेका एजेन्डालाई अनुमोदन गर्ने गरी यो बैठक बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटाैतले जानकारी दिए। बैठक होटल हायातमा  बिहान १० बजे सुरु हुने छ। 

सचिवस्तरीय बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतको विद्युत् मन्त्रालयका सचिव आलोककुमारले नेतृत्व गर्दै छन्।  बैठकमा नेपाल–भारत विद्युत् आदानप्रदानका पूर्वाधार निर्माण, जलविद्युत् विकासमा लगानी प्रवर्द्धनदेखि द्विदेशीय विद्युत् व्यापारका विषयले प्राथमिकता पाउने छन् ।

बुधबार राति अबेरसम्म जारी कार्यदलको बैठकमा नेपालले न्यु बुटवल गोरखपुर चार सय केभी प्रसारण लाइन निर्माणको विषयलाई महत्वका साथ उठाएको थियो । नेपालले यस पटकको बैठकमा भारतीय खुला बजारमा नेपाली बिजुलीको पहुँचका विषयमा बढी जोड दिएको छ। गत वर्षायाममा नेपालमा करिब पाँच अर्ब रुपियाँको बिजुली खेर गएको थियो तर भारतले ढिला गरी ३९ मेगावाटका लागि मात्र अनुमति दिएको थियो।

नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षायामलाई लक्षित गरेर ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ३९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको मध्य भोटेकोसीको बिजुलीलाई भारतको डे अहेड मार्केटमा बिक्रीका लागि प्रस्ताव गरेको छ तर यो विषयमा भारतले कुनै निर्णय गरेको छैन।

नेपाल पक्षले पूर्वाधारका सन्दर्भमा निर्यात संरचना विकसित गर्ने कुरालाई पनि विशेष महत्वका साथ उठाएको जनाइएको छ । हाल उपलब्ध संरचनाको स्तरवृद्धिका अतिरिक्त थप प्रसारण लाइन तथा सबस्टेसन बनाउने विषयमा कार्यदलमा छलफल भएको जनाइएको छ।

खास गरी ढल्केबर मुजफ्फपुर चार सय केभी प्रसारण लाइनको थप क्षमता उपयोगमा सहमति, न्यु बुटवल गोरखपुर चार सय केभी प्रसारण लाइन निर्माण प्रक्रियालाई पनि तीव्रता दिन बैठकमा छलफल भएको थियो। उता भारतीय पक्षले भने निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा थप सहजीकरण गरिदिन आग्रह गरेको थियो।

बैठकमा भारतीय कम्पनीले सङ्खुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना र त्यसको प्रसारण लाइन निर्माणको प्रगतिका विषयमा विचारविमर्श भएको थियो।

विसं २०७६ मा भारतको बैङ्गलोरमा भएको बैठकमा पहिलो अन्तरदेशीय ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि, भारतीय ग्रीड प्रयोग गरी नेपाल र बङ्गलादेशबीच विद्युत् आदानप्रदानलगायत नौवटा विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP