Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रदेश युवा परिषद्‍का उपाध्यक्षको काममा अवरोध नगर्न अदालतको आदेश

हेटौंडा : अघिल्लो सरकारको नियुक्ति खारेज गर्दै नयाँ नियुक्ति गर्ने योजनामा रहेको बागमती प्रदेश सरकारलाई एकपछि अर्को धक्का लागेको छ। सरकारले बर्खास्त गरेको प्रदेश युवा परिषद्‍का उपाध्यक्ष सन्तोष चौलागाईंलाई काम गर्न अवरोध नगर्न उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश दिएसँगै सरकारको योजनामा धक्का लागेको हो।

यसअघि प्रदेश सरकारले जिल्ला आयुर्वेद सस्थ्य केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईंलाई बर्खास्त गर्दै सुदिप बर्तौलाई नियुक्त गरेको थियो। तर, अदालतले बजगाँईंको काममा अवरोध नगर्न आदेश दिएको थियो। पहिलो गाँसमा नै ढुंगा परेको प्रदेश सरकारलाई दोस्रो गासँमा पनि ढुंगा नै परेको छ।

चौलागाईंलाई हटाएर प्रदेश युवा परिषद्मा आफ्नो मान्छे नियुक्त गर्ने योजनामा रहेको प्रदेश सरकारलाई उच्च अदालत पाटन हेटौँडाले तत्काल चौलागाईलाई प्रदेश युवा परिषद्को उपाध्यक्षकै हैसियतमा काम गर्न अवरोध नगर्नु भनी आदेश जारी गरेको हो।

फागुन ५ गते बागमती प्रदेश सरकारको मन्त्री परिषद्को निर्णयबाट चौलागाईंलाई पदमुक्त गरिएको थियो। मन्त्रिपरिषद्‍को निर्णयविरुद्ध चौलागार्इंले उच्च अदालत पाटन हेटौंडा इजलाशमा फागुन ११ गते उत्प्रेषण परमादेशको रिट निवेदन दर्ता गराएका थिए। निवेदकको रिट उपर उच्च अदालत पाटन हेटौँडा इजलाशका न्यायाधीश नागेन्द्र लाल कर्णको इजलाशले बिहीवार सुनुवाइ गर्दै तत्काल चौलागार्इंलाई उपाध्यक्षकै हैसियतमा काम गर्न अवरोध नगर्नु भनी आदेश जारी गरेको छ।

अदालतले फागुन १८ गते दुवै पक्षलाई अन्तरिम आदेश लाई निरन्तरता दिने नदिने सम्बन्धमा छलफलका लागि उपस्थित हुन समेत भनेको छ। अन्तरिम आदेश छलफलका लागि उपस्थित हुने मितिसम्म अन्य व्यक्तिलाई उक्त पदमा नियुक्तिको प्रकृया अघि नबढाउन समेत अदालतले सरकारलाई आदेश दिएको छ। यस्तै‚ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले माघ १८ गतेको निर्णयबाट पदमुक्त गरेका प्रदेशका ११ जिल्लाका आयुर्वेद अस्पतालका अध्यक्ष र चरिकोट अस्पताल विकास समितिका अध्यक्षलाई हटाउने निर्णय समेत कार्यान्वयन नगरी यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP