Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भेरीगंगा नगरपालिकाका वडाध्यक्ष नवराज कार्कीको निधन

सुर्खेत : भेरीगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज कार्कीको दुर्घटनामा परी निधन भएको छ। मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका उनको शुक्रबार राति साढे १० बजे काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

फागुन ८ गते दिउँसो करिब पौने ३ बजे रत्न राजमार्गअन्तर्गत भेरीगंगा-१२ छिन्चु बजारदेखि पश्चिमतर्फको सडकमा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट कार्की र वाइसिएल भेरीगंगाका अध्यक्ष भूपेन्द्र शाही घाइते भएका थिए। शाहीको अनुहार र खुट्टामा चोट लागेको छ।

वडा अध्यक्ष कार्की र शाहीलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो। टाउकोमा गम्भीर चोट लागेर बेहोस भएपछि उनको आइतबार राति शल्यक्रिया गरिएको थियो। चिकित्सकले ७२ घण्टापछि होस खुल्ने बताए पनि होस नखुलेपछि हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल लगिएको थियो। मोटरसाइकललाई ठक्कर दिने गाडीका चालक निमराज रसाईली फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

कार्की नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष हुन्। उनी सुर्खेतका वडाअध्यक्षमध्ये सबैभन्दा कान्छा हुन्। उनको जन्म २०४८ सालमा भेरीगंगामा भएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP