Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सर्लाहीमा १० करोड लगानीमा डेरी स्थापना

सर्लाही : हरिवन नगरपालिका–९ नयाँ रोडमा मंगलम डेरी एण्ड फुड्स इन्डस्ट्रिज सञ्चालनमा आएको छ। शुक्रवारदेखि सञ्चालनमा आएको उक्त दुग्ध उद्योग मधेश प्रदेशमै ठूलो रहेको सञ्चालक राघव सिंहले दाबी गरेका  छन्।

सञ्चालक सिंहका अनुसार उद्योगमा १० करोड रुपैयाँ लगानी भएको छ। उद्योगले अत्याधुनिक प्रविधिको उपयोग गरी गुणस्तरीय दुग्ध पदार्थ उत्पादन गर्ने उनको भनाइ छ। दैनिक १६ हजार लिटरभन्दा बढी दुधका विभिन्न परिकार तयार गर्न सक्ने उद्योगको क्षमता रहेको उद्योग प्रशासनले जनाएको छ।

उद्योगबाट छुर्पी, पोका दुध, दही, घिउ, पनिर, नौनी, खुवा, आइसक्रिम, कुल्फी, मिठाई, चकलेटलगायत परिकार उत्पादन गर्ने योजना छ। उत्पादित वस्तु सर्लाहीसहित रौतहट, बारा, पर्सा, महोत्तरी र धनुषासम्मका बजारमा पुर्‍याउने उद्योगका प्रबन्ध निर्देशक सवल सिंहले बताए।

स्थानीय स्तरमा उत्पादित दुध संकलन गरेर विभिन्न परिकार उत्पादन गरिने उद्योगले जनाएको छ। स्थानीय स्तरमा यति ठुलो उद्योग सञ्चालनमा आएको भन्दै दुध उत्पादक किसानमा समेत खुशी छाएको छ। प्रत्यक्ष ३० जना कर्मचारी रहने उद्योगबाट यस क्षेत्रका १५० जना भन्दा बढीले रोजगारी पाउने बताइएको छ।

उद्योग स्थापनामा स्विस कन्ट्याक्ट परियोजनाको समेत प्राविधिक सहयोग रहेको उद्योगका संस्थापक सिंहले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP