Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रहरीले नै रगत दिएर बचाए आन्दोलनकारीको ज्यान

काठमाडौं – अमेरिकी अनुदान सहायता (एमसीसी) को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका थिए ।

प्रदर्शनकारीले प्रहरीलाई हानेको ईंटा अचानक अवस्थीलाई पछाडिबाट लागेर गम्भिर घाइते भएपछि उनलाई प्रहरीले उद्धार गरी नयाँबानेश्वरको एभरेस्ट अस्पताल पुर्‍याएको थियो । ईंटा लागेर उनको टाउकोको हड्डी फुटेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले प्रदर्शनकारी घाइते भएको सूचना पाउनासाथ नजिकैको प्रहरी टोलीलाई उद्धार गर्न निर्देशन दिइएको बताए । उनले भने, “घाइतेको टाउको पछाडि चोट लागेकाले प्रदर्शनकारीले नै हानेको हुनुपर्छ । यद्यपि यसबारे हामी अनुसन्धान गरिरहेका छौँ ।”

बुद्धनगरमा घाइते भएका अवस्थीलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । टाउकोमा गहिरो चोट लागेर बेहोस हुनुभएका उनलाई थप उपचारका लागि एभरेस्ट अस्पतालबाट राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल पुर्‍याइएको थियो । ट्रमा सेन्टरमा समेत उपचार हुन नसकेपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो ।

न्युरो अस्पतालले तत्काल शल्यक्रिया गर्न रगत आवश्यक पर्ने जानकारी दिएको थियो । घाइतेको रगत समूह ओ नेगेटिभ रहेको र उक्त समूहको रगत अभाव देखिएपछि प्रहरीले उपत्यकाभरका प्रहरी कार्यालयमा सन्देश पठायो । प्रहरी गण नम्बर–१ नक्साल काठमाडौँमा कार्यरत २३ वर्षीय प्रहरी जवान सामिनाथ यादवले अस्पताल पुगेर रक्तदान गरे र शल्यक्रिया सफल भयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP