Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन महिला पदयात्रा हुँदै

काठमाण्डाै – जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन काठमाण्डौदेखि विश्वको अग्लो हिमाल सगरमाथाको आधार शिविर कालापत्थरसम्म पदयात्रा हुने भएको छ ।

यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न क्षेत्रका ४० जना महिलाले १३ दिने पदयात्रा गर्ने भएका हुन् ।

फागुन १७ गते मङ्गलवार महिला टोली आधार शिविर प्रस्थान गर्नेछ । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ विभिन्न क्षेत्रका महिलाहरुले संयुक्त रूपमा पदयात्रा गरी आधार शिविरमा पुगेर विशेष कार्यक्रम गर्ने तयारी छ।

पराम्परागतभन्दा नौलो र उदाहरणीय कार्यक्रमबाट महिलाले देश र समाजका साथै जलवायु परिवर्तनका मुद्दामा पनि काम गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्ने सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बताउनुभयो । उहाँले विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको र यो पदयात्राले वातावरणीय न्यायका लागि जलवायु परिवर्तनका असरविरुद्ध महिलाको आवाज बुलन्द गर्ने समेत बताउनुभयो ।

जलवायु परिवर्तनले खासगरी महिला जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न गर्नुपर्ने पहलका बारेमा बहस गर्ने र यसबारेमा गर्नुपर्ने काम तथा सुझाव समेटेर कालापत्थर महिला घोषणापत्र जारी गर्ने अभियानले जनाएको छ ।

हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि बढ्दो तापमान र जलवायु परिवर्तनकाे असरबाट नेपाल सबैभन्दा बढी प्रभावित देशको सूचीमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP