Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाइते

काठमाडौं :  देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन्। दाङ दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ, भने, ३ जना घाइते भएका छन्। यस्तै मोरङ, झापा र धनकुटामा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। 

दाङमा मृत्यु हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका १८ का २१ वर्षीय रेशम चौधरी र तुलसीपुर  १७ निवासी २४ वर्षीय ताराबहादुर केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

आइतबार राति  करिब ९ बजेतिर तुलसीपुर–घोराही सडक खण्ड अन्तर्गत  दुधरासमा  माइक्रोबस  गाडी र मोटरसाइकल एक आपसमा जुध्दा आगलागी भएको छ। घाइते चौधरीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।

दुर्घटनामा परी तुलसीपुर १८ का मोटरसाइकल चालक २२ वर्षीय रमेश वली, माइक्रोबस चालक तुलसीपुर ७ पर्सेनीका करण परियार, र  २४ वर्षीय कमल परियार घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए।

घाइते मध्ये वली र करणलाई  थप उपचारका राति नै लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ। कमलको अवस्था भने सामान्य  रहेको प्रहरीले जनाएको छ।

 घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको बा ३ ख ८६४३ नम्बरको माइक्रोबस र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल एक आपसमा जुधेका थिए।  आगलागीबाट मोटरसाइकल र गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ।

त्यस्तै गएराति नै पिकअपको ठक्करबाट स्कुटी चालकको केसीको मृत्यु गएको हो।  तुलसीपुर– घोराही सडक खण्ड अन्तर्गत तुलसीपुर  १८ डाँडागाउँमा राति करिब साढे ९ बजेतिर पिकअपले  स्कुटरलाई   ठक्कर दिएको हो।  उक्त दुर्घटनामा परि गम्भीर घाइते केसीको उपचारका क्रममा राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु १ च ६२८९ नम्बरको पिकअपले घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ९०६६ नम्बरको  स्कुटरलाई ठक्कर दिएको हो । पिकअप चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका ३ दुर्गा चोकमा गएराती स्कुटर अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ। गम्भीर घाइते भएका सप्तरी घर भइ विराटनगर बस्दै आएका ३६ वर्षीय हरी भुजेलको उपचारको क्रममा नोवेल अस्पतालमा गएराती १२ बजे नै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। भुजेलले चलाएको को १४ प ९४५८ नम्बरको स्कुटर गएराती पौने १२ बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

झापाको अर्जुनधारा नगरपालिका ९ मा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गम्भीर घाइते भएका स्थानीय ५८ वर्षीय राजेन्द्र थापाको उपचारको क्रममा बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा हिजो बेलुकी पौने ८ बजे मृत्यु भएको हो । को ९ प १७६३ नम्बरको मोटरसाइकलले पैदलयात्री थापालाई हिजो साँझ पौने ६ बजे ठक्कर दिएको थियो। मोटरसाइकल सहित चालकलाई भने ईलाका प्रहरी कार्यालय अनारमनी झापाले नियन्त्रणमा लिएको छ।

यसै गरी धनकुटाको पाख्रिवास नगरपालिका ६ मा हिजो बेलुकी ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक पुरुषको मृत्यु भएको छ। गम्भीर घाइते भएका स्थानीय ५२ वर्षीय बम बहादुर राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा हिजो बेलुकीनै मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। को २ त ७११ नम्बरको ट्याक्टर हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय पाख्रिवास धनकुटाले जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP