Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भ्रामक सूचना र दुष्प्रचारले चुनाव र लोकतन्त्रलाई हानी पुर्‍याउँछ : अमेरिकी राजदूत

काठमाण्डाै – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वतन्त्र र निष्पक्ष चुनाव दिगो लोकतन्त्रको पहिचान भएको बताउनुभएको छ । स्थानीय तहको आउँदाे चुनावका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा काठमाण्डाैमा आज मङ्गलवार आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उहाँले चुनावका समयमा आउन सक्ने भ्रामक सूचना र मिथ्या दुष्प्रचारबाट जोगिन सबैलाई सचेत र सजग हुन सुझाव दिनुभयो । 

चुनावसँग सम्बन्धित भ्रामक र मिथ्या सूचनाको पहिचान र रोकथाम गर्न समाजका सबै पक्ष सचेत र सजग हुन आवश्यक रहेको बताउँदै उहाँले यस्ता दुष्प्रचारले अनलाइनलगायत सामाजिक सञ्जाललाई विचलन ल्याउने मात्र नभइ चुनाव र लोकतन्त्रलाई हानी पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।

राजदूत बेरीले भन्नुभयो, ‘भ्रामक सूचना र दुष्प्रचारले नेपाललाई प्राप्त हुने वास्तविक प्रतिफलको क्षमतामा समेतमा असर पार्छ, कोभिड–१९ खोपबारे मिथ्या सूचनाका कारण अमेरिकालगायतका देशले ठूलो क्षति बेहाेर्न पर्‍याे । धेरै मानिसको अकालमा ज्यान गयो ।’ 

भ्रामक र गलत सूचनाका सन्दर्भमा नेपालको अनलाइनको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजदूत बेरीले भन्नुभयो, ‘गलत सूचनाले मतदाताको सुसूचित गर्ने राजनीतिक क्षमतालाईसमेत कमजोर तुल्याउँछ ।’ चुनावका समयमा सूचनाको आधिकारिकताबारे विश्वासिलो पुष्टि नभएसम्म अरूलाई शेयर नगर्न उहाँले सुझाव दिनुभयो । उहाँले अरू कैयौँ देशले शताब्दिमा गर्न नसकेको राजनीतिक रूपान्तरण नेपालले छोटो समयमै हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो ।  

आयोजक संस्थाका अध्यक्ष भक्त विश्वकर्माले याे प्रशिक्षक प्रशिक्षणमा देशका सातै प्रदेशका १८ देखि ३० वर्ष उम्मेर समूहका समावेशी आधारमा छनोट गरिएका प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP