Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सैनामैना देशकै पहिलो कोभिड विरुद्ध पूर्ण खोपयुक्त स्थानीय तह घोषित

कपिलवस्तु । १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएपछि रुपन्देहीको सैनामैना नगरपालिका पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह बनेको छ । १२ वर्षमाथिका ७१ हजार ५१० जनसंख्या रहेको नगरपालिकामा १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएका नगरपालिकाको दावी छ ।
नगरभित्रका ६७ हजार ५९७ जनाले पूर्ण खोप लगाएपछि सर्वेक्षण गर्दा तीन हजार ९१३ जना छुटेको पाइएपछि उनीहरुलाई खोप दिएपछि कोरोनाविरुद्धको पूर्ण खोपयुक्त स्थानीय तह बनेको नगरपालिकाको भनाइ छ । नगरपालिकाले अशक्त नागरिकलाई टोल टोलमा पुगेर खोप लगाइदिएको थियो । स्वास्थ्य कार्यालय रुपन्देही, विश्व स्वास्थ्य संगठनलगायतका संस्थाले तीन वटा वडामा नमुना सर्वेक्षण गर्दा ९५ प्रतिशत भन्दा धेरै नागरिकले पूर्ण खोप लगाएको पाइएपछि १५ फागुनमा नगरपालिकाकाका ११ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।

जिल्ला खोप समन्वय समितिले सोमबार मात्रै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरको प्रमाणपत्र दिएको छ । सोमबार नगरपालिकामा आयोजित समारोहमा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले जिल्ला खोप समन्वय समिति रुपन्देहीले प्रदान गरेको प्रमाणपत्र नगरप्रमुख चित्रबहादुर कार्कीलाई हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दैृ प्रमुख अतिथि भट्राईले सैनामैनाले देशैमा उद्धाहरणीय काम गरेको बताउनुभयो । पालिकाको सक्रियताले गर्दा जिल्लामै नमुना काम गरेको भन्दै बिकास निर्माणका कामहरुलाई पनि यसैगरि उद्धाहरणीय काम हुने गरि अघि बढाउन सुझाब दिनुभयो ।
सो अवसरमा नगरप्रमुख कार्कीले नेपाल सरकारको पूर्ण खोपको कार्यविधिमा रहेर काम गरेपछि देशभरकै पालिकामध्ये पहिलो पूर्ण खोप सुनिश्चित पालिका बनेको बताए । कोभिड—१९ विरुद्धको खोप लगाउन पाउनु नागरिकको अधिकार भएको सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।नगरपालिकाले अशक्त नागरिकलाई टोल टोलमा पुगेर खोप लगाइदिएको थियो । स्वास्थ्य कार्यालय रुपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा ३ वटा वडाका नगरपालिकाले फागुन १२ देखि १४ सम्म ३ वटा वडाका १ सय ८० घरधुरीमा नमुना सर्वेक्षण गरी ९५ प्रतिशत भन्दा धेरै नागरिकले पूर्ण खोप पाएको सुनिश्चित गरेपछि १५ गते नगरपालिकाका ११ वटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP