Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अमेरिकी पेस्तोलसहित बाँकेमा ३ जना पक्राउ

दाङ : बाँकेमा प्रहरीले स्वचालित पेस्तोलसहित ३ जनालाई पक्राउ परेको छ। पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, नेपालगन्ज-१८ का २२ वर्षीय सुशान्त केसी र कैलाली लम्कीचुहा नगरपालिका-३ का द्वारिका उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँकेको डुडुवा गाउँपालिका-४ राप्ती पुलनजिक मंगलबार राति ९ बजेतिर उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए। उनका अनुसार राप्ती पुलनजिक गोली चलेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगञ्जदेखि राप्ती पुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी रोकेर जाँच गर्ने क्रममा मेड इन युएस लेखेको अटोमेटिक पेस्तोल र सोही पेस्तोलमा लोड भएका ७ थान गोली बरामद भएको थियो।

गाडीबाट खुँडा एक थान र नक २ थानसमेत बरामद भएको जानकारी उनले दिए। खुँडा केसीको र नक अधिकारीको रहेको अनुसन्धानबाट खुल्न आएको समेत प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त पेस्तोल अधिकारीले ३ महिना पहिले भारत लखनउका अशरफ अलीसँग ११ राउण्ड गोलीसहित ५० हजार भारूमा खरिद गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP