Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

युक्रेनबाट म्याग्दीका तीनजनाको उद्धार

म्याग्दी : युक्रेनबाट म्याग्दीका तीनजनाको उद्धार गरिएको छ। रूस र युक्रेनबीचको युद्ध चर्किंदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्ड लगिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ।

समाजका अध्यक्ष सुसन परियारले दिएका जानकारीअनुसार मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका-७ बिमका तिलक सुनार र बेनी नगरपालिका-३ भकिम्लीका नारायण पुनको उद्धार गरिएको हो।

उनीहरुलाई पोल्याण्डमा रहेका नेपाली संघ संस्थामार्फत उद्धार गरिएको हो। अध्यक्ष परियारका अनुसार दिच्यामका पटेल र बिमका सुनार गन्तब्यमा पुगिसकेको भए पनि भकिम्लीका पुन पोल्याण्डको सीमा क्षेत्रमा नै रहेका छन्।

‘उहाँ उद्धारकर्तासँगै हुनुहुन्छ, बिरामी हुनुहुन्छ,’ उनले भने‚ ‘त्रसित भएजस्तै गर्नुभएको छ।’  

पोल्याण्डमा रहेको नेपाली संघसंस्था सिमा क्षेत्रबाट नियमित उद्धारमा खटिएको उनले बताए। पासपोर्टमा भकिम्ली लेखिए पनि पुनले आफू बरंजाको भएको बताउने गरेकाले उद्धारको क्रममा समस्या भएको उनको भनाइ छ।

यता नेपाली कांग्रेस जनसम्पर्क समिति पोल्याण्डका सभापति भीम परियारले उद्धारको क्रम जारी रहेको बताए। ‘म्याग्देलीको पहिचानमा जुटेका छौं,’ उनले भने‚ ‘भिडभाड धेरै भएकाले उद्धार गरिएको स्थानमा पुगेपछि संख्या बढ्ने देखिएको छ।’रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि नेपाली हेल्प डेस्कमार्फत उद्धारमा जुटेका छन्। उद्धार गरिएकालाई सुरक्षित स्थानमा खानपान‚ स्वास्थ्य चेकजाँचसहितको सुविधा रहेको बताइएको छ। युक्रेन छोडेर कैयौं नेपालीहरु पोल्याण्ड बाहेक स्लोभाकिया, हंगेरी, रोमानियाम र माल्डावामा समेत पुगेका परियारले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP