Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि महासङ्घको पहल

काठमाण्डाै – दुबईमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासङ्घले पहल थालेको छ ।

पाण्डेको तत्काल  रिहाइका लागि पहल गरिदिन महासङ्घले परराष्ट्र मन्त्री नारायण खड्कालाई ध्यानाकर्षण गराउँदैछ । सामाजिक सञ्जाल फेसबुकमार्फत यूएईमा रहेको नेपाली दूतावासको आलोचना गरेको आरोपमा पत्रकार पाण्डेलाई त्यहाँको अदालतले तीन महिना जेल सजाय र झण्डै ८ लाख रुपैयाँ जरिबाना सुनाएकाले रिहाइका लागि पहल थालिएको महासङ्घका  महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

अदालतले तीन महिना कैद सजाय र सात लाख ९९ हजार चार सय रुपैयाँ जरिबानासहित पाण्डेका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक पनि बन्द गरिने फैसला सुनाएको छ । यस्तै, सजाय भुक्तानीपछि  यूएई सरकारले देश निष्कासन (डिपोर्ट) गर्ने फैसला गरेको छ ।

गएको जनवरीमा पाण्डेले यूएईमा रहेको नेपाली दूतावासको गतिविधिको आलोचना गर्दै फेसबुकमा स्टाटस लेख्नु भएको थियो । यही स्टाटसकै कारण दूतावासका कर्मचारीले पाण्डे विरुद्ध दुबई प्रहरीमा उजुरी दिएका परिवारले बताएका छन् ।

गएको ३  गते पाण्डेलाई प्रहरीले पक्राउ गरेर अबुधाबीमा रहेको अलवाथ्बा जेलमा राखिएको थियो । सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर गरी सजायकाे फैसला गरिनु अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको महासङ्घका महासचिव पुरीले बताउनुभयो । उहाँले यो फैसलाको विरोध गर्दै फैसला विरुद्ध अपिल गर्ने पनि बताउनुभयो ।

दुबईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ । पाण्डे केही वर्षयता परिवारसहित दुबईमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP