Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

झापामा बलात्कारका आरोपी दुई जना पक्राउ

झापा : झापाको गौरीगञ्जमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका- २ भाकुरमारीनिवासी अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजे ती किशोरी भैँसीका लागि पराल लिन गएकी थिइन्। सोही वेला ती २ जनाले उनलाई जबरजस्ती करणी गरेका थिए। ती दुवै जना नेपाल-भारत सीमानजिक जबानमुन्सीमा महाशिवरात्रिको भोलिपल्ट बर्सेनि लाग्ने मेला घुम्न गएका थिए। बलात्कारको शिकार भएकी किशोरी ५ महिनादेखि आफन्त पर्ने दाजुको घरमा बस्दै आएकी थिइन्।

किशोरीको घर झापा गाउँपालिका हो। दाजुलाई घटनाबारे जानकारी गराएपछि परिवारजनले तत्काल इलाका प्रहरी कार्यालय गौरीगञ्जमा घटनाको किटानी जाहेरी दिएका थिए। प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरी कार्यालय गौरीगञ्ज प्रहरी निरीक्षक राकेश रेग्मी नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ।

प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले बलात्कारका आरोपी पक्राउ परेको बताए। बिहीबार सार्वजनिक बिदा परेकोले झापा जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरेपछि मात्र विस्तृत जानकारी दिने उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP