Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आफ्नै साथीलाई गोली प्रहार गर्ने पक्राउ

जनकपुरधाम : धनुषामा आफ्नै साथीलाई गोली प्रहार गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुर बस्ने २५ वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादवले शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ शिवपुरस्थित आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियालाई गोली हानेर फरार भएका थिए। 

मुकेश धनुषाको कमला नगरपालिका वडा नम्बर-८ घर भई हाल मामा घरमा बस्दै आएका थिए। धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार अनुसन्धानको क्रममा मुकेश मुखिया र रुपेश यादव साथी रहेको खुलेको छ। 

मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले आएर अचानक गोली प्रहार गर्दा घाँटीमा गोली लागेर उनी गम्भीर घाइते भएका छन्। उनको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको छ। 

प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल तथा संलग्न व्यक्तिलाई खोजी गर्ने क्रममा आइतबार विहान घटनास्थलभन्दा ६०/७० मिटरको दुरीमा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित जगदीश साहको खाली खेतमा म्यागजिन नभएको अटोमेटिक पेस्तोल फेला पारेको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–४ स्थित नेपाल भारतको सिमा क्षेत्रबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको उपरीक्षक रजौरेले जानकारी दिए। 

उनका अनुसार रुपेशले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP