Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

यौन सम्पर्कका कारण कोरोना भाइरस सङ्क्रमण सर्न सक्छ ?

के यौन सम्पर्कका कारण कोरोना भाइरस सङ्क्रमण सर्न सक्छ? यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडियो वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ।

डा एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्।डा एलेक्स जर्ज– यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ।

एलिक्स फक्स– आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ।डा एलेक्स जर्जस् म यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ।एलिक्स फक्सस् के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ।एलिक्स फक्सस् यसको उत्तर तपाईँ किन पहिले कन्डम लगाउनु हुन्नथ्यो भन्ने कुरामा निर्भर हुन्छ।

यदि तपाईँहरू दुवै जनालाई कुनै यौन रोग नभएको वा गर्भाधान नहोस् बनेर अन्य उपाय अवलम्बन गरिएकाले कन्डम प्रयोग नगरेको भए केही फरक पर्दैन। तर यदि तपाईँ अन्य प्राकृतिक उपाय ( जस्तो वीर्य स्खलन गर्ने वा एकअर्कालाई यौन रोग छैन भन्ने विश्वासमा कन्डम नलगाउनुभएको हो भने अब कन्डम लगाउनु नै उचित होला।डा एलेक्स जर्ज–यदि तपाईँ एकअर्काको यौनाङ्ग छुनुहुन्छ भने त्यो समयमा तपाईँहरूले चुम्बन गर्ने सम्भावना ज्यादा हुन्छ र हामीलाई थाहा छ भाइरस थुकबाट सर्छ।

मुखबाट हातमा, हातबाट यौनाङ्गमा, यौनाङ्गबाट हातमा र त्यसपछि हातबाट नाकमुखमा भाइरस सर्न सक्छ। अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुन्छ। त्यसैले तपाईँसँगै नबसेका साथीसँग यो पनि नगर्नु नै उचित हुन्छ।बीबीसीको मद्दतबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP