Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

उप-महानगरको पूर्ण लगानीमा हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको पूर्ण लगानीमा आजदेखि हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु भएकाे छ । उपमहानगरपालिकाले डायलासिस मेसिन र पूर्वाधार समेत तयार गरिदिएपछि अस्पतालमा सेवा सुरु भएकाे हो ।

हेटौंडामै सरकारी अस्पतालमै डायलासिस सेवा सुरु भएपछि यो सेवा लिनका लागि चितवन, काठमाण्डौ, वीरगञ्ज लगायतका जिल्लामा जानुपर्ने बाध्यता पनि हटेको मेयर हरिबहादुर महतले बताउनुभयाे । यसअघि हेटौंडाको चुरेहिल अस्पतालले मात्रै डायलासिस सेवा दिँदै आएको थियो ।

उपमहानगरपालिकाको समन्वय र सहयोग तथा हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलाइसिसको काम भइरहेको छ । अहिले दश वटा मेसिन मार्फत मृगौलाका बिरामीको डायलासिस भइरहेको छ । मकवानपुरमा डायलासिस गर्नुपर्ने ५ सय ३७ जना बिरामी छन् । जिल्लामै यो सेवा पाइएपछि बिरामी र आफन्तहरु निकै खुसी भएका छन् ।

नगरवासीलाई पहिले स्वास्थ्य सुविधा दिएर मात्र पूर्वाधार विकासमा जोड दिइएको मेयर महतले बताउनुभयो । आउँदो आर्थिक वर्षको बजेटमा पनि अस्पतालको स्वास्थ्यमा उपमहानगरपालिकाले रकम छुट्याएको उहाँकाे भनाइ छ । अब उपमहानगरपालिकाकै लगानीमा सरुवा रोगको उपचार गर्नका लागि अस्पताल स्थापना गरिने पनि मेयर महतले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP