Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ताप्लेजुङ आगलागी : ७० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रारम्भिक तथ्याङ्क

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आज शुक्रवार बिहान भएको आगलागीबाट झन्डै ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ ।

आगलागीमा परेर एक जनाको ज्यान गएको छ । आगलागीबाट घाइते भएकी ६७ वर्षीया चुलीमाया लिम्बूलाई जिल्ला अस्पताल पु¥याउनासाथ ज्यान गएको हो । यस्तै आगलागीमा परेर १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते हुनुभएको छ । 

आगलागीका कारण दुई घर जलेको छ । ती दुई घरमा डेरा गरी बस्नेसहित सात परिवारका २३ जना विस्थापित भएका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।

फुङ्लिङ बजारको कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट बिहान साढे ८ बजेतिर आगो सल्किन सुरु भएको थियो । आगलागीबाट नजिकै रहेको सङ्गीता मादेन लिम्बूको घर पनि जलेर नष्ट भएको छ भने आङ्बुहाङकै पक्की घरमा केही क्षति पुगेको छ ।

आगलागीको कारण अहिलेसम्म खुलेको छैन । फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र (दमकल) को प्रयोगसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगालागी पीडितलाई राहत वितरण

नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले विभिन्न भाँडासहितका सामग्री सहयोग गरेको छ । यस्तै उद्योग वाणिज्य सङ्घले चामल, नुन, तेललगायतका सामाग्री वितरण गरेको छ । आगलागीबाट विस्थापित सात परिवारलाई राहत वितरण गरिएको नेपाल रेडक्र सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP