Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रदेश सरकारद्धारा लुम्बिनीका पत्रकारहरुको दुर्घटना वीमा

रुपन्देही ।
प्रदेश सरकारले लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना विमा गरिदिएको छ। पत्रकार महासंघको विशेष पहलमा प्रदेश सरकारले चालु आबमा विनियोजन गरेको १० लाख रुपैया खर्चेर सबै पत्रकारहरुको वीमा गरिदिएको हो । प्रत्येक पत्रकारको ७ लाखको दरले जारी गरिएको वीमा पोलिसीमा शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको छ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय विमा कम्पनी लिमिटेड भैरहवा र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच आपसी समझौता गरिएको हो। मन्त्रालयको तर्फबाट उप सचिव दामोदर भण्डारी, विमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरीबीच कानुनी प्रक्रिया पुराएर सम्झौता गरिएको हो। सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पत्रकारहरुसंग समन्वय गरेर काम गर्ने बताए ।

आम नागरिकको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले प्रदेश सरकार आम नागरिकको सुरक्षाप्रति संवेदनशिल रहेको मन्त्री शर्माको भनाइ छ । मुलुको परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका रहेकाले पत्रकारहरुको दुर्घटना विमादेखि हरेक प्रकारका कार्यक्रमका लागि प्रदेश सरकार सहयोगी बन्ने प्रतिवद्वता जनाए । उनले विमा कम्पनपीहरुका झन्झटिला प्रक्रियालाई सुधार गरेर नागरिकलाई सहज रुपमा सेवा दिन आग्रह गरे। मन्त्री शर्माले सरकारी कामहरु ढिलासुस्ती हुने गरेको स्वीकार गर्दै भने– सरकारी निकायहरुमा शासशीय सुधार गर्न आवश्यक छ ।

शासकीय सुधार गरेर मात्र नागरिकलाई सहज रुपमा सेवा दिन सकिने भएकाले त्यसतर्फ पत्रकारहरुको ध्यान जान आवश्यक रहेको मन्त्री शर्माको तर्क छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव आभा कर्ण श्रेष्ठले मिडियामैत्री शासकीय पद्वति बनाउनु पर्नेमा जोड दिइन। जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारहरु भौतिक र आर्थिक रुपले सुरक्षति हुनुपर्ने बताउंदै विमा कम्पनीहरु पत्रकारहरुका लागि सहयोगी बन्न सक्ने बताइन।


पत्रकार महासंघ लुम्बिनी अध्यक्ष बसन्त गिरीले पत्रकारहरुलाई सहयोग पुग्ने गरी दुर्घटना विमा गरिएको बताए । प्रदेश सरकारले आगामी बजेट मिडियामैत्री बनाउन आग्रह गर्दै विनियोजित बजेट यथाशीघ्र कार्यान्वयनमा लैजान माग गरे । मिडियाको लागि छुट्टाइएको बजेट सहमयमा सही ठाउंमा खर्च हुने गरी छिटोभन्दा छिटो कार्यक्रम ल्याउन आग्रह गरे। राष्ट्रिय विमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाले पत्रकारहरुको हितका राष्ट्रिय विमा कम्पनी सहयोगी बन्ने प्रतिवद्वता जनाए। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अधिकृत फर्शुराम भट्टराईको सञ्चालनमा कार्यक्रममा भएको थियो ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा १७ सय भन्दा वढि पत्रकार भएपनि यस अघि जिल्लाको विमा कार्यक्रममा सहभागी नभएका पत्रकारहरुको मात्र पहिलो चरणमा विमा गरिएको पत्रकार महासंघ लुमिबनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP