Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोरियन भाषा परीक्षाको लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन पाइने

काठमाण्डाै – कोरियन भाषा परीक्षाको लागि आउँदो चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता गर्न पाइने भएको छ ।

कोरियामा गएर काम गर्न इच्छुक नेपालीका लागि ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाउन लागेको हो । कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै परीक्षा हुने गरी तालिका सार्वजनिक भएको छ ।

कृषि तथा पशुपालन क्षेत्रको लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म  दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।

यस्तै उत्पादन क्षेत्रको लागि पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म भाषा परीक्षा हुने ईपीएस शाखाले जनाएको छ ।

यस्तै सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि  पहिलो चरणमा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म र दोस्रो चरणमा जेठ २४ गतेदेखि असार १६ गतेसम्म मिति तोकिएको छ ।

उत्पादन क्षेत्रको सिप परीक्षण पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गते सम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म हुनेछ । १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २०२२/२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भएको छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP