Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

निजी क्षेत्रबाट ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति

काठमाडौं- मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गर्दछ । नेपाल बीउ व्यवसायी सङ्घद्वारा  सोमबार यहाँ आयोजित अन्तक्र्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत  आपूर्ति निजी क्षेत्रका विभिन्न बीउबिजन कम्पनीले आयात गरेको जानकारी दिइयो ।

स्थानीय जातका बीउबिजन स्वदेशमै उत्पादन हुने र केही वर्णशङ्कर जातका बीउ विदेशबाट समेत आयात गरिने गरेको छ । कृषि उत्पादनमा आवश्यक पर्ने कृषि सामग्री, औजार, उपकरणको आपूर्तिमा शतप्रतिशत निजी क्षेत्रको योगदान रहेको जनाइएको छ ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले गुणस्तरीय बीउबिजन उत्पादन गरी कृषकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै बीउबिजन बजारीकरणमा रहेका केही नीतिगत समस्या व्यवसायीसँग समन्वय गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बीउबिजनका क्षेत्रमा क्रियाशील व्यवसायी, विज्ञलगायतले गुणस्तरीय बीउ उत्पादन गर्नुपर्ने सुझाव दिएका थिए ।  कार्यक्रममा सङ्घका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले कृषकका साथै व्यवसायीको हितमा काम गर्दै आएको संस्थाले ४६ जिल्लमा कार्यसमिति निर्माण गरेको जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP