Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठायो, मासिक १० अर्ब रुपैयाँ घाटा हुने निगमको दाबी

काठमाण्डाै – भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ । 

आईओसीबाट आज प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । 

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा घाटा रहेको निगमले दाबी गरेको छ । निगमले अहिले पेट्रोल प्रतिलिटर एक सय ५० रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य एक सय ८२ रुपैयाँ ८१ पैसा पुगेको दाबी गरेको छ । यस्तै डिजलमा अब ३६ रुपैयाँ ८४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा हुने निगमले जनाएको छ ।

निगमको अहिलेसम्मको घाटा २८ अर्ब रुपैयाँ पुगिसकेको र नयाँ मूल्यअनुसार अब मासिक घाटा १० अर्ब रुपैयाँ पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP