रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयात बढेको छ । कोभिड–१९ सुरु भएपछि नाकाबाट थोरै सामग्रीको आयात भइरहेकोमा महामारी घटेसँगै आयात बढेको हो । अहिले दैनिक १४ वटा कन्टेनरमा सामग्री आउन थालेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । यसअघि नाकाबाट दैनिक ९ वटा कन्टेनरमा मात्रै सामग्री आयात भइरहेको थियो।
आयात बढाउन गएको बिहीवार दुई पक्षबीच सहमति भएको थियो । बैठकमा नेपाली पक्षले नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन नसकिए पनि दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेकोमा पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया