काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय ५२ जनाको नमुना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय ४७ जना सङ्क्रमणमुक्त भएका छन् । याेसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६३ हजार १११ पुगेको छ । यो दर ९८ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा तीन हजार एक सय ४५ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टामा ५९ हजार तीन सय ७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया