Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स खुल्यो, सुरुङको सफाइ अन्तिम चरणमा

काठमाण्डाै – बाढीपहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवर्क्सको ढोका खुलेको छ ।

बाढी पहिरोसँगै आएर थुप्रिएको गेग्रान हटाएर बन्द भएको ढोका खुलाएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदम कुँवरले जानकारी दिनुभयो। आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ ।

सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको कुँवरले बताउनुभयो । बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको आठ सय पाँच मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अरु सहायक ढोकासमेत बन्द भएका थिए ।

गेग्रानले आयोजनाको मुख्य द्वार, ९ नम्बर, १० नम्बर ढोका, अम्बाथानतर्फका १७ र २१ का ढोका पूरै थुनेको थियो । सुरुङसम्म पुग्ने सहायक ढोकासमेत लेदोले पुरिएपछि आयोजना सञ्चालन हुने नहुनेबारे समेत अन्योल भएको थियो ।

इञ्जिनियर पदम कुँवरका अनुसार बाढीले बढी क्षति गरेको १ नम्बर ढोकादेखि हेडवर्क्ससम्मको सफाइ सकिएसँगै भित्र पानी पठाएर लेदो निकाल्ने काम भइरहेको छ । मुख्य ढोका बफर ड्यामबाट ३८ नम्बरको ढोका हुँदै अम्बाथानको अडिट टनेलको २१ ढोकाबाट पानी बाहिर पठाएर सुरुङ सफाइको तयारी भइरहेको जानकारी कुँवरले दिनुभयो ।

सरकारले बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण र सुरुङको सफाइ गरी यही चैत मसान्तभित्र काठमाण्डौमा पानी ल्याउने लक्ष्य राखेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP