Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चैत मसान्तमै मेलम्चीको पानी घरघरमा आउँछ : मन्त्री चौधरी

काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैतभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न धमाधम काम भइरहेको बताएका छन्।

विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले गरेको कार्यक्रममा उनले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताए।  

 ‘सुक्खाग्रस्त क्षेत्रमा पम्पिङ र लिफ्टिङ गर्दा सिँचाइकै जस्तो मूल्य निर्धारणका लागि पहल गर्नेछु, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुनेछ, मेलम्चीको विकल्पका रुपमा सिस्नेरीलगायतका स्रोतको पनि अध्ययन भइरहेको छ,’ उनले भने। 

शुद्ध खानेपानी नपुगेको सामुदायिक विद्यालयमा मन्त्रालयले पानी पुर्‍याउने प्रतिबद्धता उनले जनाए। तराई मधेशमा ८० देखि ९० प्रतिशतसम्म राज्यको लगानी गरेर ठुल्ठूला ओभरहेड ट्याङ्की निर्माण गरिए पनि पूरा नभएको उल्लेख गर्दै मन्त्री चौधरीले बनाइसक्ने गरी योजना अघि बढाइएको बताए।  

मन्त्रालयका सचिव सुरेश आचार्यले आर्सेनिकयुक्त पानी स्वच्छ र सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गर्दै भूमिगत जलस्रोतका विषयमा थप अध्ययन र अनुसन्धान गर्नु आवश्यक रहेको सुनाए। मन्त्रालयले ‘पानीको स्रोतसँग जोडिएको हाम्रो ज्ञान, मूल फुटाउने हाम्रो अभियान’ का साथ विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी उनले दिए। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ४० प्रतिशत चुहावट रोक्न सके यसले पनि धेरैलाई राहत मिल्ने भएकाले ध्यान दिन सचिव आचार्यले निर्देशन दिए।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले भूमिगत पानी व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए। वर्षामा १ हजार ६ सय मिलिलिटर पानी पर्ने देशमा वर्षाको पानी सङ्कलन नगर्दा समस्या हुने गरेको उनको बुझाइ थियो।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले सुन्दरीजलबाट अहिले पनि उपत्यकामा ७० प्रतिशत पानी जाने गरेकामा मूलमुनि भने खानेपानी नभएकाले पानीको व्यवस्था गर्न मन्त्रालयसँग माग गरे। मेलम्चीको पानी पनि सुन्दरीजलमै प्रशोधन भएर उपत्यकामा वितरण हुन जाने भए पनि सुन्दरीजलवासी पानी हेरेरमात्र बस्ने गरी बनाइएको नीति गलत रहेको भनाइ उनको थियो।

बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, सोफेनका अध्यक्ष अनिलभद्र खनाललगायतले भूमिगत पानीको सही तरिकाले उपयोग एवं व्यवस्थापन गरिनुपर्नेमा जोड दिए।

पानीबारे माध्यमिक तहका विद्यार्थीबीच वक्तृत्व प्रतियोगितासमेत आयोजना गरिएको थियो। सो अवसरमा मन्त्रालयका सचिव आचार्यले रचना गरेको पानीसम्बन्धी चेतनामूलक गीतको मन्त्री चौधरीले विमोचन गरे। सो अवसरमा पानीसम्बन्धी चेतनामूलक गीत र लघु नाटकसमेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP