Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतमा देखिएको समुद्री आँधीको प्रभाव नेपालमा, पूर्वी भागमा हावाहुरी र असिनासहित पानी पर्न सक्ने

काठमाण्डाै – नेपालको पूर्वी भागमा हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव नेपालको पूर्वी भागमा देखिन सक्ने सम्भावना बढेको मौसमविद् डा. धर्मराज उप्रेतीले बताउनुभयो । 

उहाँका अनुसार ६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बङ्गालको खाडी र म्यानमारमा पानी पारिरहेको छ । हावाको बेग दुई, तीन दिन अझै बढ्ने देखिएको छ । 

नेपालमा प्रि–मनसुन सुरु भएपछि असर पार्न सक्ने यो पहिलो समुद्री आँधी हो । आँधीको असर कति दिनसम्म जान्छ भन्नेबारेमा भोलि बुधवारसम्म निर्धारण हुने तर अहिलेसम्मको गति अध्ययन गर्दा दुई, तीन दिनसम्म प्रभाव पार्न सक्ने अनुमान गरिएको उप्रेतीले बताउनुभयो । सामान्य हावाहुरी र असिना पानी परे पनि अरू ठूलो असर नदेखिएको उहाँको भनाइ छ । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भए पनि जलवायु परिवर्तनको असर हुन सक्ने पनि मौसमविद् उप्रेतीले बताउनुभयो । 

अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँको मौसम बद्ली भएको छ । स्थानीय वायुको प्रभावका कारण मौसम बद्ली भएको र सामान्य हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाण्डौ उपत्यकासहित धादिङ, काभ्रे, गोरखा, पोखरा आसपासको क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । प्रि–मनसुनको समयमा दिउँसोपख घाम लागे पनि बेलुकातिर हावाहुरी र चट्याङसहित पानी पर्ने गर्छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP