Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुनवल नगरपालिकाले आज देखि राहत वितरण सुरु गर्यो

उर्मिला यादव


सुनवल,चैत्र २६
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी गरिएको लकडाउनका कारण नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न घरधुरीलाई वडा मार्फत राहत वितरण कार्यक्रम आज देखि सुरु गरेको छ ।

राहत वितरणका लागी प्रत्येक वडामा बनेको वडास्तरीय समिति मार्फत वितरण गर्ने गरि राहत वितरण कार्यक्रमलाई अगाडि वढाइएको नगर प्रमुख भिम बहादुर थापाले जानकारी दिनु भयो । बुधबारदेखि सुरु गरिएको राहत वितरण कार्यक्रममा सुनवल नगरपालीकाको १३ वटै वडाबाट सिफारिस भई आएका घरधुरीहरुको लागी वडामार्फत राहत सामाग्री वितरण गरिएको सामाजिक विकास समितिका संयोजक तथा वडा नम्वर २ का वडाध्यक्ष राजेन्द्र यादवले बताउनु भयो।

सुनवल नगरपालिकाले सुनवल नगरक्षेत्र भित्र रहेका मजदुरी गरेर खाने गरिव तथा विपन्न घरधुरीका लागी आज राहत सामाग्री प्रत्येक वडामा वितरण हुने गरी वडालाई हस्तान्तरण गरेको थियो । राहत सामग्री विरतणका लागी वनेको वडा स्तरीय समितिबाट छनोट भई आएका १ हजार ९ सय १० घरधुरीहरुलाई वडा मार्फत राहत सामाग्री वितरण गरिएको सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम अर्यालले वताउनुभयो ।

नगरपालिकाले राहत बितरण गर्दा परिवार संख्याका आधारमा बितरण गर्दै आएको छ । परिवार संख्या २ जना भन्दा बढि भएका परिवारलाई पुरै राहत उपलब्ध गराइएको छ ।जसमा पुरै राहत पाउनेमा सुनवल नगरपालिका भित्र १ हजार ५ सय ३३ घरधुरी सिफारीस गरिएको छ । उनिहरुले सोना मन्सुलि चामल २५ किलो , दाल ३ किलो, खाने तेल २ लिटर, नुहाउने साबुन र लुगाधुने साबुन २÷२ वटा, चिनि २ किलो , नुन २ किलो र सोयाबिन ४ सय ग्राम राहात पाउने भएका छ्न ।

यसैगरि २ जना सम्म भएको परिवारलाई आधा राहत उपलब्ध गराइएको छ । यसरी आधा राहात पाउने घरधुरी संख्या ३ सय ७७ रहेको छ । उनिहरुले सोना मन्सुलि चामल १२।५ किलो, दाल १।५ किलो, खानेतेल १ लिटर, नुहाउने र लुगाधुने साबुन १÷१ वटा, चिनि १ किलो , नुुन १ किलो र सोयाबिन २ सय ग्राँम राहत पाएको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।


यसैगरि सुनवल नगरपालिकाको वडा नं २ मा पनि दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न घरधुरीलाई आज वडा मार्फत राहत वितरण गरिएको छ । वडा नं २ मा रहेको रजहवा, बत्रौली, खाडसारी , नवदुर्गा टोल,बर्गदही , बयरवा,नया बस्ती , मुखिया टोल गरि २ सय १५ घरधुरी मध्ये
१ सय ५१ घर धुरिले राहत पाएका छ्न भने बाकी टोलमा भोलि बिहान १० बजे देखि राहत बितरण
गरिने सामाजिक विकास समितिका संयोजक तथा वडा नम्वर २ का वडाध्यक्ष यादवले बताउनु भयो।
येस्तै गरि वडा नं २ मा पुरै राहत पाउने घरधुरी संख्या १ सय ७५ छ भने आधा राहत पाउने घरधुरी संख्या ४० रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP