Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

धान, मकैलगायतका बालीमा लागेकाे राेग पहिचान गर्ने सफ्टवेयर सार्वजनिक

काठमाण्डाै – कृषि समस्या समाधानका लागि नेपालमै पहिलो पटक एआईमा आधारित सफ्टवेयर सार्वजनिक भएको छ ।आज आइतवार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा महिला विकास समाजले सूचना प्रविधिमार्फत कृषि व्यवसायलाई सहज बनाउने डिभाइस (आर्टिफिसियल इन्टिलिजेन्स (एआई) ‘साथी’ नामक सफ्टवेयर सार्वजनिक गरेकाे हो । याे सफ्टवयरले किसानहरूले खेतीपाती गर्दा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकताको प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउनेछ । 

महिला विकास समाजकी संयोजक लचना हाडाले परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारण कमजोर बन्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्न तथा किसानलाई सूचना प्रविधि उपलब्ध गराउन याे सफ्टव्यर उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार यस सफ्टवेयरबाट अब किसानले आफ्नो खेत/बारीको माटोको गुणस्तर, बालीनाली परीक्षणको नतिजा थाहा पाउन प्रयोगशाला धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

यो सप्टव्यर अहिले एन्ड्राेइडमा उपलब्ध रहे पनि चाँडै नै आईओएसमा पनि उपलब्ध हुने उहाँले बताउनुभयो । उहाँले यो सप्टवेयरले बालीनालीमा लाग्ने धान, मकै, गहुँ, केरा, आलु, गोलभेडा, जुट र कफी लगायतका २३ किसिमका बालीमा लागेको रोगको पहिचान पनि गर्ने बताउनुभयो ।

यो सफ्टवेयर सञ्चालनका लागि इन्टरनेट तथा क्लाउड पूर्वाधार नचाहिने भएकाले पनि हरेक किसानले सजिलै यसलाई प्रयोग गर्न सक्नेछन् । यो प्रविधि विकास गर्ने टोलीमा महिला विकास समितिअन्तर्गतको सक्रिय महिला प्राविधिकहरूको समूह ‘इम्प्याक्टर्स’ सूचना प्रविधि विज्ञ लचना हाडासहित १६ जना महिला विज्ञ सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP