Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

उदयपुरमा आगलागी हुँदा एक जनाको ज्यान गयो, सात घर नष्ट

दयपुर – उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ । सात घर जलेर नष्ट भएका छन् ।

हिजो दिउँसाे लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

घटनाको अनुसन्धान भइरहेको छ । आगो हिजो बेलुका नै निभाइएको र पीडित परिवारलाई राहत दिने तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।  उदयपुरगढी गाउँपालिका-१ का वडाध्यक्ष खेतबहादुर मगरकाअनुसार स्थानीय ओमबहादुर मगरको घरबाट आगो लाग्न सुरु भएको थियो।

आगलागीमा भैरव बहादुर ग्राङ्जामगर, पदमबहादुर ग्राङ्जामगर, यम्बरबहादुर ग्राङ्जामगर, दिपबहादुर ग्राङ्जामगर, धनमाया ग्राङ्जामगर, शेरबहादुर ग्राङ्जामगर र ओमबहादुर ग्राङ्जामगरको घर गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । उहाँकाअनुसार आगलागीमा परेर सात घर पूर्णरुपमा नष्ट भएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP