Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अझै केही दिन मौसम धुम्म हुने, काठमाण्डौकाे हावामा धुवाँ र धुलो थुप्रियो

काठमाण्डाै – काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम अझै केही दिन धुम्म रहने मौसमविद्ले बताएका छन् । तत्काल ठूलो पानी पर्ने वा ठूलो हावाहुरी चल्ने सम्भावना नभएकाले अझै केही दिन मौसम खुल्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । 

लामो समयदेखि ठूलो पानी नपरेको र राम्ररी हावा नचलेकाले मौसम धुम्मिएको उहाँले बताउनुभयो । काठमाण्डौमा धुवाँ र धुलो थुप्रिएकाले प्रदूषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै पनि देखिएको छ । स्थानीय वायुको प्रभावका कारण देशको केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि त्यतिले मात्रै धुलो र धुवाँ नहट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैबीच मौसम धुम्म हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान र अवतरण प्रभावित भएका छन् । कम भिजिविलिटी भएका कारण विमानस्थलको उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आन्तरिकतर्फका दर्जनौँ उडान ढिला भएका छन् भने केही रद्द भएका छन् ।

भिजिविलिटी कम हुँदा हिजो साेमवार पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरू प्रभावित भएका थिए । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP