Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चैत १५ गतेसम्म महानगरकाे ४ अर्ब ३० करोड रुपैयाँ बजेट खर्च, साढे ७ करोडको इन्धन, बैठक भत्तामा १४ लाख

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा चार अर्ब तीस कराेड रुपैयाँ खर्च गरेको छ । महानगरले सार्वजनिक गरेको प्रतिवेदनअनुसार साउनदेखि चैतको १५ गतेसम्म चार अर्ब ३० करोड ६३ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ ।

यसमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड तीन लाख रुपैयाँ र पुँजीगत अर्थात् विकास बजेटतर्फ एक अर्ब ५१ करोड ६० लाख रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ । महानगरले यो वर्षका लागि १६ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा अहिलेसम्म चालु र र पुँजीगत गरेर २६ दशमलव पाँच प्रतिशत खर्च भएको छ ।

महानगरले आठ महिनामा गरेको क्षेत्रगत खर्चको विवरण पनि सार्वजनिक गरेको छ । आठ महिनामा सबैभन्दा धेरै कर्मचारीको पारिश्रमिकमा रकम खर्च भएको छ । साउनदेखि फागुनसम्म कर्मचारीको तलब/भत्तामा एक अर्ब आठ करोड ६० लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै महानगरले आठ महिनामा सात करोड ५७ लाख रुपैयाँको इन्धन खर्च गरेको छ । यस्तै गाडी मर्मतमा ५४ लाख, पत्रपत्रिका, छपाइ र सूचना प्रकाशनमा एक करोड ८० लाख रुपैयाँ खर्च भएको छ । महँगी भत्तामा दुई करोड ७४ लाख, बैठक भत्तामा १४ लाख चार हजार, प्रोत्साहन तथा पुरस्कारमा १४ करोड ३२ लाख रुपैयाँ खर्च भएको महानगरपालिको जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP