Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पत्रकार महासंघको ६७ औं स्थापना दिवस

काठमाडौं : नेपाल पत्रकार महासंघले आज विभिन्न कार्यक्रम गरी ६७ औं स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा महासंघ केन्द्र, प्रदेश तथा जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गर्दैछन्। आज केन्द्रिय समितीको आयोजनामा प्रभातफेरीलगायतका कार्यक्रम हुने महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। काठमाडौंको सिनामंगल चोकदेखि केन्द्रिय कार्यालय सञ्चारग्रामसम्म प्रभातफेरी गरिएको छ। 

यस्तै महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर सन्चालन हुने महासचिव पुरीले जानकारी दिए। जस अन्तरगत मृगौला परीक्षण, दन्त परीक्षण र रक्तदान कार्यक्रम हुनेछन्। दिउँसो भने नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकार तथा सञ्चार माध्यममा कोभिड १९ को प्रभावका विषयमा छलफल गर्ने कार्यक्रम छ। 

स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष विपुल पोख्रेलले महासंघले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको उल्लेख गरेका छन्। उनले प्रेस स्वतन्त्रता र श्रमजिविको सवाललाई केन्द्रविन्दुमा राखेर महासंघ काम गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP