Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

देशका धेरैजसाे ठाउँकाे माैसम धुम्म, ‘धुलो झार्ने गरी पानी पर्ने सम्भावना तत्काल छैन’

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा केही दिनदेखि धुलो र प्रदूषणले आकाश ढाकिँदा मौसम खुल्न सकेको छैन । गर्मी बढेसँगै धेरै हावा नचलेको र वायुमण्डलमा भएको धुलोका कणहरू सतहमा झार्ने गरी पानी पनि नपरेका कारण उपत्यका धुलो र प्रदूषणले ढाकिएको वातावरण विभागले जनाएको छ । 

अहिले उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६८ पुगेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थकर मानिन्छ । वायुमण्डल नै प्रदूषणले भरिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरू बताउँछन् । हावामा हुने दुई दशमलव पाँच माइक्रोनभन्दा साना धुलोका कणले मानिसको स्वास्थ्यलाई धेरै असर गर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार हावामा यस्तो कण प्रतिक्युबिक मिटरमा पाँच माइक्रोग्राम हुनुपर्छ । तर अहिले काठमाण्डौ उपत्यकामा त्यसको झन्डै १३ गुणा धेरै अर्थात् प्रतिक्युबिक मिटरमा ६४ दशमलव आठ माइक्रोग्राम रहेको छ । 

अहिले काठमाण्डौ उपत्यकाको वायुमण्लमा देखिएको धुलो हटाउन कि जोडले हावा चल्नुपर्ने कि ठूलो पानी पर्नुपर्ने वातावरणविदहरू बताउँछन् । तर धुलो झार्ने गरी ठूलो पानी पर्ने सम्भावना तत्काल नदेखिएको मौसमविद्ले बताएका छन् । बेलुकीपख फाट्टफुट्ट पानी परे पनि प्रदूषण कम गराउने गरी ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् बिष्णु घिमिरेले जानकारी दिनुभयो । 

अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो सहरी क्षेत्रकाे मौसम धुम्म रहेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP