Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पत्रकारका हितका लागि उचित प्रस्ताव लिएर आउनुस् : मन्त्री खतिवडा

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउन सके उपचारमा सजिलाे हुने बताउनुभएको छ । 

आज बुधवार नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले पत्रकारहरूको स्वास्थ्य उपचारका लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घबीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको उहाँकाे भनाइ छ । 

मन्त्री खतिवडाले श्रमजीवी पत्रकारहरूका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा यसअघिको बजेटमा ल्याइएको भए पनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताउनुभयो । उहाँले पत्रकारका हितका लागि उचित प्रस्ताव लिएर मन्त्रालयमा आउन पनि महासङ्घलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिँदा सरकार सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्ने बताउनुभयो । उहाँले बजेट भाषणमा निःशुल्क उपचारको कुरा आए पनि बजेट नछुट्याउँदा अझै पत्रकारले निःशुल्क स्वास्थ्य सेवा नपाएको गुनासो गर्नुभयो ।

महासङ्घले आज स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम एवम् प्रभातफेरी कार्यक्रम गरेर ६७ औँ स्थापना दिवस मनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP