Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आज केही ठाउँमा पानी पर्ने सम्भावना : अझै दुई तीन दिन मौसम सुधार नहुने

काठमाण्डाै – देशका केही ठाउँमा आज बेलुकातिर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाण्डौको मौसम धुम्म छ । प्रदेश एक, मधेश प्रदेश, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जू बासीले बताउनुभयो । उहाँका अनुसार आज राति प्रदेश एक र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ । अझै दुई तीन दिन मौसम सुधार नहुने पनि मौसमविद् बासीले बताउनुभयो ।

प्रिमनसुनको बेलामा कतै कतै एक्कासि एकैछिन ठूलो पानी पर्न सक्ने उहाँको भनाई छ । प्रदूषण हट्ने गरी ठूलो पानी पर्न नसकेको र तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।

नेपालमा केही दिनयता मौसम धुम्मिएर प्रदूषण बढेको छ । अहिले बिहान सात बजे काठमाण्डौको वायु प्रदूषण मापक सूचक एक्यूआई एक सय २६ छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई मानव स्वास्थ्यका लागि अस्वस्थ मानिन्छ । गएको सोमबार काठमाण्डौमा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६३ रहेको थियो । हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP