Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

थप ४३ जिल्लामा राष्ट्रिय भूमि अयोग गठन

काठमाडौं : राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए।

उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उदेश्य एवं संविधानको भावना र मर्म अनुसार जतिसक्दो छिटो काम गर्न आयोगका नवनियुक्त अध्यक्षहरूलाई  निर्देशन दिइन्। 

मन्त्री श्रेष्ठले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उदेश्य रहेको भन्दै आगामी दिनमा फेरी पनि आयोग गठन गरिरहनु पर्ने तथा भुमि सम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न आयोगका पदाधिकारी र नवनियुक्त अध्यक्षहरूलाई आग्रह गरिन्। 

उनले राखिएको लक्ष्य तथा उदेश्य पुरा गर्न व्यवहारमा नै देखिने र नागरिकले अनुभुति गर्ने गरी काम गर्न निर्देशन दिदै कुनै आग्रह पूर्वाग्रहबिना सबै भूमिहीनलाई जग्गा प्राप्त गर्ने गरी काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह समेत गरिन्।

मन्त्री श्रेष्ठले अबको कही दिनभित्रै सुकुम्बासीलाई लालपुर्जा वितरणको काम शुरु गर्ने तयारी भइरहेको भन्दै अब छिट्टै सुकुम्बासीको हात हातमा लालपुर्जा पर्ने बताइन्। 

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले तोकीएको समय काम सम्पन्न गर्ने अपेक्षा रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले सरकार र मन्त्रालयबाट आएको मार्गनिर्देशनलाई इमान्दार भएर पुरा गर्न आयोगका जिल्ला अध्यक्षहरूलाई आग्रह गरे।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जनतालाई भमिहिनताको अवस्थाबाट अन्त्य गर्न आयोगले काम थालिसकेको भन्दै भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत संकलन गर्ने, जग्गा नापजाँच, निवेदन दर्ता र निस्सा वितरणको काम शुरु गरिसकेको बताए। 

यसअघि २८ जिल्लामा राष्ट्रिय भूमि आयोगको जिल्ला आयोग गठन भइसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP