Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

निगम र पेट्राेलियम व्यवसायीबीच सहमति, आजदेखि सबै पम्प खुल्ने

काठमाडौं : पेट्रोलियम व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन्। नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार ४ बुँदे सहमति भएसँगै  पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सबै कार्यक्रम स्थगित भएका हुन्।

सहमतिपछि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले यसअघि सार्वजनिक गरेका विरोधका कार्यक्रम फिर्ता लिएका हुन्। विभिन्न माग राख्दै उनीहरुले एक सातादेखि आन्दोलन थालेका थिए।

पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको सहमति पत्रमा उल्लेख छ ।

समितिले गत फागुन २३ मा निगम समक्ष पेस गरेको मागका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीबीच निगमको केन्द्रीय कार्यालय टेकुमा भएको वार्तामा १५ दिनभित्र माग सम्बोधन गर्ने सहमति भएको हो।

योसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपोहरु सञ्चालनमा आउने सहमति पत्रमा उल्लेख छ। ‘पेट्रोलियम पदार्थका उभोक्ताहरुलाई सहज र सरल ढंगले पेट्रोलिम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डीपो आइतबार बिहान ८ बजेबाट सञ्चाल गरिनेछ’ सहमति पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP