Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रधानमन्त्री देउवाले गरे चोभार सुक्खा बन्दरगाहको उद्घाटन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तरराष्ट्रिय व्यापार सहजीकरण गर्नका लागि निर्मित चोभार सुक्खा बन्दरगाहको आज उद्घाटन गरेका छन्। 

प्रधानमन्त्री देउवाले मूलद्वारमा टाँगिएको रिबन काटेर ३ मालवाहक सवारीसाधनलाई प्रवेश गराएर बन्दरगाहको उद्घाटन गरेका हुन्। समारोहमा उनले सुक्खा बन्दरगाह निर्माणले राजधानी काठमाडौंलाई अन्तरराष्ट्रिय व्यापार हबमा विकास गर्न कोसेढुङ्गा हुने विश्वास व्यक्त गरेका छन्।

उनले निर्यात सहजीकरण गर्न यसको भूमिका विशेष रहने र भन्सार जाँचपास, क्वारेन्टिनलगायत सेवा एकै थलोमा उपलब्ध हुँदा लागत घट्ने तथा प्रशासनिक प्रक्रियासमेत न्यूनीकरण हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले व्यापार सहजीकरण गरी निर्यात प्रवर्द्धनमा पनि बन्दरगाहले सहयोग पुग्ने बताए। बन्दरगाहले काठमाडौं उपत्यकाबाट हुने व्यापार सहज बनाउने र वस्तु वा सेवाको लागत घटाए प्रतिस्पर्धी र प्रभावकारी बनाउने उनको भनाइ छ।

नेपालको वैदेशिक व्यापारमा उच्च पारवहनमा झन्झटिलो प्रशासनिक प्रक्रिया अझै समस्याका रूपमा रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न यस प्रकारका गुणस्तरीय व्यापार पूर्वाधारले मद्दत गर्ने उनले बताए। ‘मुलुकको वैदेशिक व्यापारलाई दीगो र सन्तुलित विकास गर्दै व्यापार पूर्वाधार व्यवस्थापन र प्रतिस्पर्धी बनाउन सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी महत्वपूर्ण संरचना हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसलाई आत्मसात गरी सरकारले मुलुकका विभिन्न स्थानमा सुक्खा बन्दरगाह निर्माण र छिमेकी मुलुकको सीमा क्षेत्रमा जोडिएको नाका र भन्सार करिडोर स्तरोन्नतिमा प्राथमिकता दिँदै आएको छ।’

मुलुकमा लगानी र औद्योगिक विकासको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको, आवश्यक पर्ने नीतिगत र प्रक्रियागत संरचनाको सुधारका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको र यसलाई निरन्तरता दिने विश्वास प्रधानमन्त्रीले दिलाए। 

वैदेशिक व्यापारमा विद्यमान प्रक्रियागत जटिलता सरलीकरण र न्यूनीकरण गर्दै लैजानु पनि जरुरी रहेको उनले बताए। त्यसका लागि सरकार समस्या समाधान गर्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP