काठमाडौं : नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका हुन्। टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका हुन्।
सूचना प्रविधि केन्द्रमा रहेर विभिन्न कानुन विपरीतका काममा संलग्न रहेका पौडेललाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। उनलाई नै नियुक्त गर्ने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सम्बन्धी निर्देशिका संशोधन गरेको थियो।
सिफारिसमा परेका टेलिकमका पूर्वप्रवन्ध निर्देशक बुद्धि आचार्य र टेलिकमकै प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडीलाई पन्छाएर सरकारले टेलिकम क्षेत्रमा राम्रो अभनुव नभएका पौडेललाई प्रबन्ध निर्देशक बनाएको हो। सञ्चार सचिव बैकुण्ठ अर्याल संयोजकत्वको छनोट समितिको सिफारिसअनुसार पौडेलको नाम पनि राखेर मन्त्रिपरिषदमा प्रबन्ध निर्देशक नियुक्तिको प्रस्ताव लगिएको थियो।
विवादास्पद छवीका पौडेल विभिन्न सूचना प्रविधिसम्बद्ध आयोजनाहरुमा एजेन्टमा रुपमा रहने र सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमिताता प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल निकट हुन्। विभिन्न स्वार्थ समूह निकट रहेर काम गर्ने पौडेलको पूर्वसञ्चारमन्त्री गोकुल बस्कोटासँग पनि निकटको सम्बन्ध छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया