Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालबाहिर नेपाली पत्रकारिता चिनाउने पुस्तक

काठमाडौं : एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिताको समसामयिक अभ्यासलाई विश्वको परिप्रेक्षमा विश्लेषण गर्दै नेपालभित्र र बाहिर रहेका सञ्चार क्षेत्रका २१ जना अध्येताको संयुक्त लेखनमा ‘ग्लोबल प्रस्पेक्टिभ्स् अन जर्नलिजम इन नेपाल’ (नेपालको पत्रकारितामा वैश्विक दृष्टिकोण) पुस्तक प्रकाशन भएको छ।

मिडिया अध्येता डा. भानुभक्त आचार्य (युनिभर्सिटी अफ अटवा, क्यानडा) र सहप्राध्यापक डा. श्याम शर्मा (स्टोनिब्रुक युनिभर्सिर्टी, अमेरिका)को सम्पादनमा तयार भएको यो पुस्तक प्राज्ञिक पुस्तक प्रकाशनमा ख्याति कमाएको बेलायतको राउटलेजले प्रकाशन गरेको हो।

 नेपालको पत्रकारिताको प्राज्ञिक एवं व्यावसायिक अभ्यासलाई वैश्विक दृष्टिकोणबाट विश्लेषण गर्ने एवं विगत दुई दशकमा पत्रकारिता र सञ्चारका क्षेत्रमा देखिएका असल अभ्यास एवं चुनौतीको पहिचान गर्ने उद्देश्यले यो पुस्तक तयार गरिएको छ। विगत दुई दशकमा नेपाली पत्रकारिताका विशेषता, चुनौती र सिकाइहरू के छन् भन्ने विश्लेषण पनि सो पुस्तकमा गरिएको छ। यसै अवधिमा नेपाली पत्रकारितामा उल्लेख्य रुपमा संख्यात्मक वृद्धि र प्राविधिक रूपान्तरण भएको तर नीतिगत अलमल एवं राजनीतिक र आर्थिक प्रभावका कारण पत्रकारिताको व्यावसायिक विकास हुन नसकेको विषयमा पनि सो पुस्तकमा खोजी गरिएको छ।

पुस्तकबारे प्रतिक्रिया दिँदै प्राध्यापक रामकृष्ण रेग्मीले यो पुस्तक एउटा पाठ्यपुस्तक वा विभिन्न लेखको सँगालो मात्रै नभएर नेपाली पत्रकारिताको इतिहासमा एउटा कोशेढुंगा भएको बताए। सम्पादक आचार्य र शर्माले यो पुस्तकका लागि मेहनत गरी एकैपटक विश्वव्यापीरुपमा उपलब्ध गराउन प्रयास गरेका उनले धन्यवाद दिए।

यस पुस्तकभित्र चार खण्डमा १८ परिच्छेद समेटिएका छन्। व्यावसायिक दृष्टिकोण शीर्षकको पहिलो खण्डमा एक्काइसौँ शताब्दीमा नेपाली पत्रकारिता र दृष्टिकोण (डा. भानुभक्त आचार्य र डा. श्याम शर्मा), मिडियाको जवाफदेही संयन्त्रका रुपमा प्रेस काउन्सिल नेपाल (डा. भानुभक्त आचार्य, श्रीमन शर्मा र डा. समीक्षा कोइराला), प्रशारण माध्यममा नीतिगत सुधार (लक्ष्मण हुमागाइँ र डा. तुलसी आचार्य), विदेशबाट सञ्चालित नेपाली अनलाइन मिडियाको दीगोपन र व्यावसायिक विकास (भगीरथ योगी र डा. जगन कार्की) र नेपाली समाचार कक्षमा डिजिटल रुपान्तरण (प्रा. रामकृष्ण रेग्मी) समेटिएका छन्।

प्राज्ञिक दृष्टिकोण शीर्षकको दोस्रो खण्डमा एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिता शिक्षा (डा. भानुभक्त आचार्य र डा. श्याम शर्मा), नेपालमा विकास सञ्चारको समालोचनात्मक अध्ययन (सुजिना शाक्य र डा. पियुष मिश्र), नेपाली मिडियामा कोभिड–१९ को प्रभाव (डा. कुन्दन अर्याल), कोभिड–१९ जस्ता महामारीमा युवालाई मिथ्या सूचनाबाट कसरी जोगाउने (कवि अधिकारी) शीर्षक परिच्छेद छन्।

सामाजिक–राजनीतिक दृष्टिकोण शीर्षकको तेस्रो खण्डमा नेपाली अखबारमा महिलाको प्रतिनिधित्व (डा. समीक्षा कोइराला), राज्य नियन्त्रित मिडियाको चौथो अंगको भूमिका (लेखनाथ पाण्डे), नेपालमा अनुसन्धानमूलक पत्रकारिताको अवस्था (उषाकिरण रेग्मी) एवं स्थानीय रेडियोको दीगोपनका चुनौतीबारे (डा. सन्देशदास श्रेष्ठ) का अध्ययन समेटिएको छ।

त्यसैगरी प्राविधिक दृष्टिकोण शीर्षकको पुस्तकको अन्तिम खण्डमा नेपाली अखबारको डिजिटल रूपान्तरण (डा. हर्षमान महर्जन), सामाजिक सञ्जालमा समाचार सेयर गर्ने प्रवृत्तिको तुलनात्मक अध्ययन (विमला थपलिया), अनलाइन मिडियामा दीगोपन, आर्थिक ढाँचा र सम्भावना (प्रवेश सुवेदी), कृषि क्षेत्रको विस्तारमा सामाजिक सञ्जालको प्रयोग (रामहरि तिमिल्सिना र डा. पूर्ण नेपाली) शीर्षकका परिच्छेद समेटिएका छन्।

यस पुस्तकले त्यो अभावलाई केही हदसम्म पूरा गर्ने विश्वास सम्पादकद्वय आचार्य र शर्माको छ। सम्पादक आचार्यले नेपाली पत्रकारिताबारे विश्वकै पाठकलाई लक्षित गरी प्रकाशन गरिएको यो पुस्तक यस क्षेत्रको एक कोशेढुंगा भएको बताउँछन्।

अर्का सम्पादक शर्मा नेपाली पत्रकारिताका सन्दर्भमा मात्र केन्द्रित भई अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट यस पुस्तकको प्रकाशन हुनु खुसीको कुरा भएको बताउँछन्। यस पुस्तकको प्रकाशनपछि भविष्यमा अन्य नेपाली अध्ययेतालाई पनि अन्तर्राष्ट्रियस्तरका जर्नल र प्राज्ञिक प्रकाशनगृहबाट पुस्तक प्रकाशन गर्न प्रोत्साहन मिल्ने अनुभव उनले बताए।

अढाइ वर्ष लामो गहन र सामूहिक मेहनतपछि यो पुस्तक तयार भएको छ। ३४२ पृष्ठको पुस्तक राउटलेजको आफ्नै पोर्टललगायत विभिन्न अनलाइन बिक्रेताबाट ‘हार्डकपी’ वा ‘सफ्टकपी’ खरिद गर्न सकिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP