Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेपाल सरकारको कार्यबिधि मिच्दै मेयर शाह

कपिलवस्तु, चैत्र २८


कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाहले नेपाल सरकार द्वारा जारी गरेको राहत बितरण कार्यबिधिको पालन नगरी राहत बितरण कार्यमा ढीलाई तथा मनमानी गरेको भन्दै उपमेयर तथा वडा अध्यक्षहरुले प्रेस बिज्ञप्ति जारी गरेका छन् ।

कृष्णनगर नगरपालिकामा लाकडाउनको दुई सप्ताह बितीसक्दा पनि राहत बितरण कार्य नभएकोले स्थानीय गरीब तथा बिपन्न बर्ग चिन्तित भएका छन् ।


नेपाल सरकारले जारी गरेको राहत बितरण कार्यबिधिको दफा ६ बमोजिम वडा कार्य समितिले श्रमिक तथा असहायहरुको तथ्यांक संकलन गरेर, राहत सामग्री खरीद गरी बितरण गर्ने कानुनी ब्यवस्था भए त पनि सो कार्य बिधिलाई लत्याउदै कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले मनमानी तरीकाबाट राहत सामग्री खरीद गरेको आरोप उपमेयर तथा वार्ड अध्यक्षहरुले लगाएका छन् ।

दैनिक ज्यालादारी गरी आफ्नो तथा परिवारको जीवीकोपार्जन गरी रहेका ब्यक्तिहरुलाई लाकडाउन पछि दुई छाक टार्न समेत गा¥हो परिरहेको बेला नगरपालिकाबाट भईरहेको लापरवाही र ढीलासुस्ती अति नै निन्दनीय भएको कुरा स्थानीय जन प्रतिनिधीहरुले भनेका छन् ।


लाकडाउन अवधि भर असहाय र असंगठित क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरुलाई भोकै बस्ने बाध्यता न होस भनेर नेपाल सरकार अर्थमन्त्रालयले गरीब तथा बिपन्न परिवारलाई राहत सामग्री बितरण गर्ने घोषणा गरेको छ । बिश्वभरी महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको कोरोना वायरसलाई निर्मूल पार्नको लागि सरकारले लाकडाउन घोषणा गरेको छ ।

लाकडाउन पछि कतिपय घर परिवारहरु भोकमरीका कारण भोकै बस्न बाध्य भइ सकेका छन् । यस बिपदको बेला पनि स्थानीय जनप्रतिनिधीहरुबाट गरिदै आएको लापरवाही निन्दनीय हुनुका साथै दण्डनीय हुने कुरा भन्दै केही स्थानीय जनताहरुले आक्रोश पोखेका छन् ।


कृष्णनगर नगरपालिकाको उपमेयर तथा वार्ड अध्यक्षहरुले आज प्रेस बिज्ञप्ति निकाल्दै यस बिपदको बेला नगरपालिकाले वडा कार्य समिती लाई समेत जानकारी नै न गराई मनमानी तरीकाबाट राहत खरीद गरेको कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको कुरा उल्लेख गरेका छन् ।

साथै राहत बितरण निष्पक्ष तथा प्रभावकारी बनाउनको लागि तत्काल कार्यपालिकाको बैठक बोलाई सरकारले जारी गरेको कार्यबिधि अनुसार अबिलम्ब राहत बितरण ब्यवस्था मिलाउने मांग गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP