Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बेरुजु फर्स्याेटमा उत्कृष्टता हासिल हुने गरी मेहनत गर्नुस् : मन्त्री खाण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले बेरुजु फर्स्याेटमा उत्कृष्टता हासिल हुने गरी मेहनत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गर्नुभएको छ । गृहमन्त्री खाणले बेरुजु फर्स्याेटमा गम्भीर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो । 

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनालको बिदाइमा आज सोमवार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पुँजीगत खर्च गर्न नसकेर बजेट नै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गर्नुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, ‘नेपाल सरकारका विभागहरूलाई बेरुजु फर्स्याेटमा गम्भीर हुन, बजेटलाई नियमसम्मत रूपमा खर्च गर्न र हिसाबहरू दुरुस्त राख्नका लागि मेहनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु । पुँजीगत खर्चतर्फ पनि हामी जिम्मेवार हुन जरुरी छ । भौतिक विकास र विकासले जनतालाई सबल बनाउँछ । विकास, निर्माणको प्रतिफल जनतामा पुर्‍याउँछ । त्यस कारण भौतिक क्षेत्रमा गरिने खर्चलाई पनि हामीले व्यवस्थित गर्न जरुरी छ । खर्च गर्न नसकेर बजेट नै ल्याप्स हुने अवस्था नआओस् ।’

गृहमन्त्री खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले बेरुजु फर्स्याेटमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंसा पनि गर्नुभयो । 

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भए पनि देश र नागरिकप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयाे । मन्त्री खाणले खनाललाई उत्कृष्ट बेरुजु फर्स्याेट सम्मान पनि प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP