Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

राष्ट्रपतिबाट झन्डै ५ सय जनालाई विभिन्न विभूषण प्रदान

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा विभिन्न व्यक्तिलाई घोषणा गरिएका विभूषण आज बिहीवार प्रदान गर्नुभएको छ ।

गएको असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवी पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिएको छ । 

यस्तै महाउज्ज्वल राष्ट्रदीप राजनीतिज्ञहरू स्व. तुलसीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व. दुर्गानन्द झा र स्वरसम्राट स्व. नारायणगोपाल गुरुवाचार्यलाई प्रदान गरिएको छ । यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व. पोष्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र उज्ज्वल कीर्तिमय राष्ट्रदीप सर्वाेच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । विभूषण प्राप्त गर्नेहरूको सूची झन्डै पाँच सयको सङ्ख्यामा छ । 

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाणलगायतका मन्त्री र उच्चपदस्थ अधिकारीको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गरिएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP