Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विपद्का कारण एक वर्षमा झन्डै २ अर्ब ६२ करोड बराबरको क्षति, ५ सय ५ जनाले ज्यान गुमाए

काठमाण्डाै – विपद्का कारण एक वर्षमा झन्डै दुई अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वर्ष वैशाख एक गतेदेखि चैत मसान्तसम्ममा २ अर्ब ६२ करोड २८ लाख ६७ हजार ५ सय ७४ रुपैयाँ बराबरको क्षति भएको हो ।

सबैभन्दा धेरै क्षति आगलागीका कारण भएको छ । गएको वर्ष आगलागीबाट मात्रै झन्डै २ अर्ब २७ करोड बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । एक वर्षमा आगलागीमा परेर ९४ जनाले ज्यान गुमाएका छन् । यस्तै बाढी/पहिरो, चट्याङ्ग, हावाहुरी, सर्पदंश, जनावरको आक्रमणलगायतका ३ हजार ९ सय ४ वटा घटनामा परि एक वर्षमा पाँच सय पाँच जनाले ज्यान गुमाएका छन् । ७६ जना बेपत्ता छन् ।

यी घटनामा एक हजार ७ सय ७७ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ । विपद्का घटनाबाट ६ हजार एक सय ३८ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता डिजेन भट्टराईले जानकारी दिनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ ले विपद् व्यवस्थापनमा तीन वटै तहलाई जिम्मेवारी दिएको छ । जिम्मेवारी अनुसार विपद् जोखिम व्यवस्थापनमा साझा दायित्व लिएर काम गर्नुपर्नेमा प्रवक्ता भट्टराईको जोड छ ।

विपद् व्यवस्थापनको प्रमुख दायित्व पालिकामा रहेको र त्यसैअनुसार कार्ययोजना बनाएर समुदायमा लगानी र प्रभावकारी काम गर्न सके क्षति घटाउन सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP