Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

केही दिन पानी नपर्ने : मौसम खुल्न थालेसँगै गर्मी बढ्यो

काठमाण्डाै – अबका केही दिन पानी नपर्ने मौसमविद्ले बताएका छन् । पानी नपर्दा न्यूनतम र अधिकतम तापक्रम बढेको छ । यो हप्ता केही दिन मौसम धुम्मिएर हिजोदेखि खुलेको छ । मौसम खुलेर बिहानदेखि घाम चर्कन थालेपछि दिउँसो गर्मी निक्कै बढ्न थालेको छ । हिजो भैरहवाको तापक्रम ४०  दशमलव ७ डिग्री सेल्सियससम्म पुगेको थियो ।

यस्तै, धनगढीको ३९ डिग्री सेल्सियस, सिमरा र विराटनगरको ३८ दशमलव ५, घोराहीको ३५ दशमलव ५, र काठमाण्डौको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको छ । अझै केही दिन राम्ररी पानी पर्ने सम्भावना नभएकाले देशभरको तापक्रम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रि–मनसुनको समयमा बेलुकातिर देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना भने रहन्छ । आज पनि देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित छिटफुट पानी पर्ने सम्भावना छ ।  

आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश-१ का थोरै ठाउँमा मात्रै छिटफुट पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बाँकी ठाउँको मौसम भने सफा नै रहने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP