Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

काठमाण्डौको बाइसधारामा दर्शनार्थीको भिड : हाँडी गाउँमा गहना खोज्ने जात्रा

काठमाण्डाै – आज चैतशुक्ल पूर्णिमा, उपत्यकाका विभिन्न ठाउँमा जात्रा हुँदैछ भने बालाजुको बाइसधारामा मेला भइरहेको छ । बाइसधारामा नुहाउनको लागि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । आजका दिन बाइसधारामा  नुहाएर नागार्जुन पहाड चढ्न जाने चलन छ ।

त्यस्तै, काठमाण्डौको हाँडी गाउँमा आज गहना खोज्ने जात्रा हुँदैछ । दिउँसो हाँडीगाउँमा रहेको पोखरीमा गहना फालेर खोज्ने गरिन्छ । किंवदन्ती अनुसार नुहाउने क्रममा टुँडालदेवीको गहना पोखरीमा खसेको र त्यही गहना खोज्ने प्रतीक अनुसार हरेक वर्ष आजका दिन गहना खोज्ने जात्रा हुने गर्दछ । गहना खोज्ने क्रममा टुँडालदेवीको खटलाई  सिन्दुर जात्रा गरेर पोखरीमा डुबाइन्छ ।

त्यस्तै, आज नयाँबजारमा  म्हय्पि अजिमाको पनि जात्रा हुँदैछ । साँखुमा बज्रयोगिनी देवीको जात्रा हुँदैछ । आज बज्रयोगिनी देवीलाई मन्दिरबाट निकालेर सिहिणी, ब्राधिनीसहित जात्रा गरिनेछ। यता, ललितपुरको सुनाकोठीमा भएको बालकुमारी जात्राको क्रममा आज बेलुकी लिङ्गो ढालिँदैछ ।

महादेवको प्रतीकको रुपमा ठड्याएको लिङ्गोलाई आज ढालिने चलन छ । त्यस्तै आज बेलुकी बालकुमारी देवीलाई मन्दिरमा प्रतिस्थापन गरिँदैछ । हिजो बालकुमारी देवीलाई खटमा राखेर सुनाकोठीको विभिन्न ठाउँमा सिन्दुर जात्रा गरिएको हो ।

त्यस्तै, ललितपुरको चापागाउँमा पनि बज्रबाराहीको जात्रा हुँदैछ । हिजोदेखि सुरु भएको जात्राको क्रममा आज बज्रबाराहीलाई खटमा राखेर चापागाउँको विभिन्न ठाउँमा परिक्रमा गरिनेछ ।

त्यस्तै, लेलेमा जयलकुमारी र बालकुमारीको पनि जात्रा हुँदैछ । किंवदन्ती अनुसार जयलकुमारी र बालकुमारीलाई टीका भैरवको श्रीमती मानिन्छ । त्यस्तै आज दोलखामा रातो मच्छिन्द्रनाथको महास्नान हुँदैछ भने ललितपुरमा रातो मच्छिन्द्रनाथको महास्नान भोलि हुँदैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP