Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वसन्त याममा हिमाल आरोहण अनुमति लिनेको संख्या गएको वर्षको भन्दा धेरै

काठमाण्डाै – वसन्त याममा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या सात सय ३८ जना पुगेको छ । २१ वटा हिमाल आरोहणका लागि ७० वटा देशका सात सय ३८ जना आरोहीले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

अनुमति लिनेमा पाँच सय ८३ जना पुरुष र एक सय ५५ जना महिला छन् । सात सय ३८ आरोही मध्ये ५५ जना नेपाली र ६ सय ८३ जना विदेशी नागरिक छन् । यो सङ्ख्या गएको वर्षभन्दा धेरै हो । गएको वर्षको वसन्त याममा नेपालका हिमाल आरोहणका लागि ६ सय ३५ जना विदेशी आरोहीले अनुमति लिएका थिए ।

यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या भने घटेको छ । गएको वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जना आरोहीले अनुमति लिएकोमा यो वर्ष दुई सय ६२ जनाले अनुमति लिएका छन् । सन् २०२० मा आरोहण स्थगित भएकोले त्यसबेला अनुमति लिएकाहरु पनि आराेहणका लागि आउँदा अघिल्लाे वर्ष सगरमाथामा केही बढी आरोही देखिएका थिए । यो वर्ष पनि अनुमति लिनेको सङ्ख्या उत्साहजनक नै रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

आरोहीबाट सरकारले साढे ३९ करोड भन्दा धेरै रोयल्टी संकलन गरेको छ । अप्रिल महिनाभर पनि अनुमति लिने क्रम चलिरहने भएकोले यस वर्ष आरोहण अनुमति लिनेको संख्या अझै बढ्न सक्ने पर्यटन विभागले जनाएको छ । धौलागीरि, आमादब्लम लगायतका हिमालमा आरोहण पनि शुरु भइसकेको छ । सगरमाथामा दोस्रो शिविरसम्मको बाटो खुलाइसकेको छ भने त्यसभन्दा माथि बाटो बनाउने काम भइरहेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP