Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एसईई आउँदो शुक्रवारदेखि : परीक्षाको तयारी अन्तिम चरणमा

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ । ७ वटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

नियमित तालिका अनुसार चैतमा एसईई हुँदै आएको थियो । सरकारको निर्णय अनुसार वैशाख ३० गते पालिका चुनाव हुने भएकाले त्यसअघि नै परीक्षा गर्ने गरी बोर्डले मिति तय गरेको थियो । यसअघिका दुई शैक्षिक वर्षमा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP