Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सवारी दुर्घटनामा ३ जनाको मृत्यु, १३ घाइते

काठमाडौं : सुर्खेत, सप्तरी र बझाङमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्। सुर्खेतको गुर्भाकोट नगरपालिका १३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रित भएर पल्टिदा १ जनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका १४ का अन्दाजी ६० बर्षीय पदम बहादुर रासकोटी रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको हो।

दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ बर्षीय गोपाल पुन, ४२ बर्षीया पूर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ । बेतनीबाट गुमीतर्फ आउदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो हिजो साँझ पौने ७ बजे, पल्टिएको थियो।

यसैगरी सप्तरीको रुपनी गाँउपालिका ५ मुसहरनिय बसबिटीमा गएराति ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन्। गम्भीर घाइते भएका चालक स्थानिय २८ बर्षीय रविन्द्र यादवलाई उपचारको लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार स्थानिय ७१ बर्षीय भरत यादव र उनका १७ वर्षीय नाति सुभाष कुमार यादवको रुपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ। खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराति साढे १० बजे, नियन्त्रण गुमाएर पल्टिएको थियो।

बझाङको बित्थडचिर गाँउपालिका-४ देउलेख बजार नजिक गएराति जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। मृत्यु हुनेमा जिपमा सवार सुर्मा गाँउपालिका १ का २७ वर्षीय विनोद बोहोरा रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा मृत्यु भएको हो। घाइते मध्ये ७ जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ भने एक जनालाई उपचारको लागि धनगढी पठाइएको छ।

चैनपुरबाट धनगढीतर्फ आउदै गरेको सुदुर पश्चिम प्रदेश ०१-००१ च ००९५ नम्बरको जिप गएराती साढे १२ बजे, अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP