काठमाण्डाै – पछिल्लो २४ घन्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार ६ सय ५१ जनाको नमुना परीक्षण गर्दा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, थप २५ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।
यसैबीच पछिल्लो २४ घन्टामा एक लाख २९ हजार ८३ जनाले कोरोनाविरुद्धको खाप लगाएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया